Logo
Logo

बाबुराम भट्टराईको प्रश्न- एमाले एक हुँदा अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?


दृष्टि संवाददाता


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले मिलेपछि अक्षम्य राष्ट्रघात सबै माफ हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ सार्वजनिक बक्तव्यमार्फत पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा फर्कन तयार रहेको बताएपछि डा. भट्टराई यस्तो प्रश्न गरेका हुन् ।

राती ट्वीट गर्दै डा. भट्टराईले भनेका छन्– ‘एमाले २०७५ जेठ २ को अवस्थामा फर्केको अवस्थमा ओलीले गरेका २–२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति÷ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोना पीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?’

प्रतिक्रिया दिनुहोस्