Logo
Logo

प्रचण्डको अनिच्छाले नेकपा खारेज भयो- ओली


दृष्टि संवाददाता


फाइल फाेटाे

काठमाडौं । तत्कालिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनिच्छाका कारण पार्टी एकता भंग भएको प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

पार्टी विभाजनको अन्तिम संघारमा रहेका नेकपा एमालेका माधवकुमार नेपाल समूहलाई पार्टी एकताका लागि सार्वजनिक बक्तव्यमार्फत आह्वान गर्दै ओलीले एमाले र माओवादीको एकतापछि बनेको नेकपाको एकता प्रचण्डका कारण भंग भएको आरोप लगाएका हुन् ।

ओलीले बक्तव्यमा भनेका छन– ‘२०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला एकीकरण प्रक्रिया भङ्ग हुनुको मुख्य कारण थियो भनेर कतिपयले टिप्पणी गर्छन् । तर यो यथार्थ होइन । पार्टी एकता गर्ने भए नयाँ नाम लिएर आउ भनेको थियो । मैले पहल गरेको हुँ । तर, प्रचण्डको अनिच्छाका कारण मेरो प्रयास सफल भएन ।’

नेकपा बचाउने प्रयास असफल भएपछि नेकपा एमाले व्युँताएको ओलीले बक्तव्यमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्