Logo
Logo

माधव-प्रचण्डबीच कोटेश्वरमा रणनीतिक छलफल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष रणनीतिक छलफलमा जुटेको छ । आइतबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरेलगत्तै नेता नेपाललाई दवाव पक्षलाई परेको छ ।

अध्यक्ष ओलीको पछिल्लो प्रस्तावलाई नेता नेपाल पक्षकै नेताहरुले ‘ओलीको षडयन्त्र’ भनेर टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए ।

यसैक्रममा नेता नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार छलफल गरेका छन् । कोटेश्वरस्थित आफ्नै घरमा नेपालले अध्यक्ष प्रचण्डबीच अबको राजनीति रणनीतिबार छलपल भएको स्रोतको भनाइ छ ।

ओलीले नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने बताएका छन् ।

आफूनिकट नेताहरुको बैठक बस्नुअघि प्रचण्डसँग छलफल गरेका हुन् । प्रचण्ड र माधव नेपाल विगत एक वर्षदेखि नै ओलीविरुद्ध एक ठाउँमा छन् ।

प्रतिक्रिया दिनुहोस्