Logo
Logo

प्राश्नाको स्वरमा ‘भाग्य लेख्ने मसी’


दृष्टि संवाददाता


काठमाडौं । गीतकार शान्तिराम भट्टराईको शब्द रचनामा ‘भाग्य लेख्ने मसी’ बोलको गीत सार्वजनिक भएको छ । जसमा शक्ति बल्लभको संगीत रहेको छ भने मनोहर सुनामको संगीत संयोजन छ । गीतमा सुमधुर स्वरकी धनी गायिका प्राश्ना शाक्यको स्वर रहेको छ ।

व्यस्त समयको बाबजुद गीतकार भट्टराई गीति लेखनमा सक्रिय छन् । साहित्यक विधामा मनहरु बहलाउने गर्दा राम्रा सिर्जना बजारमा आउने उनी बताउँछन् । साहित्यलाई कुनै समय चाहिँदैन, सिर्जनाले आफैं समय मिलाउँछ गीतकार भट्टराई भन्ने गर्छन् ।

‘भाग्य लेख्ने मसी’ समग्र समाजको एक उदाहरण हो । सबैले भोगेको कुरा समाजको ऐना बनेर सिर्जना आएको गीतकार भट्टराईले बताए ।
‘मैले कोरेको कोरा शब्दलाई संगीतकार शक्ति बल्लभले संगीतको सूर मिलाइदिनु भयो भने गायिका प्राश्ना शाक्यले स्वरको माधुर्यता दिनुभयो’ उनले भने, ‘योसँगै संगीत संयोजक मनोहर सुनाम र भोला पौडेलको मिक्सिङले गीतले पूर्णता पाएको हो ।’

भाग्य लेख्ने मसीको स्टुडियोमा नै रेकर्डिङ अवस्थाको भिडियो तयार पारिएको छ । सुरेश पन्तको छायाँकन तथा सम्पादनमा उक्त भिडियो निर्माण भएको हो । भिडियोलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्