Logo
Logo

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत पाए, माधव समूह एमालेको साथ


दृष्टि संवाददाता


काठमाडौं । सुसूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल समूहका १८ जना प्रदेशसभा सदस्यको साथमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन् ।

५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री भट्टलाई विश्वासको मतका लागि २७ मत चाहिएको थियो । उनले ३० मत पाएका हुन् । विश्वासको पक्षमा ३० मत र विपक्षमा ९ मत खसेको थियो । नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका दुईजना प्रदेश सभा सदस्ले विपक्षमा मतदान गरेका थिए ।

प्रदेश सभामा १२ मतभार रहेको नेपाली कांग्रेसले भने मदतानमा सहभागी जनाएन । तर, मुख्यमन्त्रीलाई विश्वासको मत नपुग्ने अवस्थामा विश्वासाको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

जम्मा ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् ।

प्रतिक्रिया दिनुहोस्