सुधीरसँग खुल्यो कविताको ‘रामपियारा’ (भिडियो « Drishti News – Nepalese News Portal
Logo

सुधीरसँग खुल्यो कविताको ‘रामपियारा’ (भिडियो


दृष्टि संवाददाता


काठमाडौं । जीवन बडू र आकृति मिश्रको स्वरमा फास्ट बीटको गीतको भिडियोमा कविता रायसँगै मोडल सुधीर श्रेष्ठलाई पनि फिचर्ड गरिएको छ । ‘रामपियारा रामपियारी’ बोलको गीतको भिडियोमा गायक जीवन बडुको पनि अभिनय गरेका छन् । भिडियोमा कविता र सुधीर निकै खुलेका छन् ।

हालै रिलिज भएको गीतमा र्यापर जगत तिरुवाको शब्द, संगीतमा तयार भएको हो । यस गीतको भिडियो हालको ट्रेन्डअनुशार निर्माण गरिएको छ ।

दर्जनौँ म्युजिक भिडियो तथा थुप्रै चलचित्रमा काम गरिसकेकी कविता रायले यस गीतबाट आशावादी छिन् । केहि दिनअघि मात्र नायक तथा मोडल पल शाहसँग एक भिडियोमा देखिएकी कविताले भनिने, ‘यस गीतबाट आशावादी छु ।’

प्रतिक्रिया दिनुहोस्