Logo
Logo

‘उसको त बिहे भयो रे’ (भिडियो)


दृष्टि संवाददाता


काठमाडौं । टिकटक स्टार बिजय पुनले आफ्नो कलाकारितामार्फत दर्शकको मन जित्न सफल हुँदै आएका छन् । विशेषगरी टिकटकमा आफ्नो दमदार डाइलक पथको मुटुबाट लोकप्रिय बनेका बिजयले कलाकारिता क्षेत्रमा पनि अब्बल अभिनयमार्फत देश विदेशमा रहेका नेपाली दर्शकमाझ राम्रो छाप छोड्न सफल भएका छन् ।

यस्तै पछिल्लो समय विजय पुन अभिनीत ‘उसको त बिहे भयो रे’ बोल गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक प्रताप दासको स्वर रहेको गीत ‘उसको त बिहे भयो रे’ गीत प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता रसहरुको मिश्रित रूप भिडियोमा प्रस्तुत गरिएको हो ।

भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुति दिइएको छ । भिडियोमा टिकटक स्टार विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ भने ऋषि खड्काको संगीत, बिजय पुनको शब्दलाई विश्वास नेपालले एरेञ्ज गरेका छन् ।

भिडियोलाई उत्कृष्ट बनाउन अन्य सहयोगी कलाकारहरुके साथ दिएका छन् । कथा÷निर्देशन विक्रम चौहानले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेको भिडियोलाई मिलन बिश्वेकर्माले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्