Logo
Logo
प्रतिनिधिसभा विघटनविरुद्ध मुद्धा

संवैधानिक इजलासबाट कार्की र भट्टराई नहट्ने निर्णयसँगै सुनुवाइ सुरु


दृष्टि संवाददाता


काठमाडौं । संवैधानिक इजलासबाट सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीश नहट्ने भएका छन् । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हुन् ।

बुधबार इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका छन् ।

यसअघि कार्की र भट्टराईले बस्ने नबस्ने बारे राय दिने भनिएपनि सोअघि नै राणाले दुई न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय लिएका हुन् । यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेरबहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ । निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई आधा घण्टाको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्