Logo
Logo

‘अबदेखि बेन्च गठनको विषयमा बहस नगरौँ’


दृष्टि संवाददाता


काठमाडौं । संवैधानिक इजलासका न्यायाधीशमध्येका एक ईश्वरप्रसाद खतिवडाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा यही बेन्चले हेर्ने बताएका छन् । उनले अबदेखि बेन्च गठनको विषयमा बहस नगर्न समेत आग्रह गरे ।

बुधबार संवैधानिक इजलास सुरु भएलगत्तै न्यायाधीश खतिवडाले भने, ‘संयोगले जिम्मेवारी आएको छ अब यो जिम्मेवारीबाट हामी भाग्दैनौँ ।’ उनले फैसला लेख्ने बेला के गर्ने गरौंला भन्दै यही बेन्च नै अन्तिम भएको बताए ।

बुधबार इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका छन् ।

यसअघि कार्की र भट्टराईले बस्ने नबस्ने बारे राय दिने भनिएपनि सोअघि नै राणाले दुई न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय लिएका हुन् । यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेरबहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्