Logo
Logo

सांसद थापाको पुर्नवहालीको अन्तरिम आदेश रोक्न निवेदन


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजी माग गर्दै गण्डकीका सभामुख नेत्रराज अधिकारीले भ्याकेटको निवेदन दिएका छन् ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले आइतबार राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

मंगलवार दिउँसो सर्वोच्च अदालतमा सभामुख अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै अन्तरिम आदेश बदर माग गर्दै भ्याकेटको निवेदन दिएका हुन् ।

अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग–अलग भ्याकेटका निवेदन परेका छन् । निवेदनमाथि बिहीबार नै सुनुवाइ हुने भएको छ ।

सभामुखको निवेदन दर्ता हुन बाँकी छ । सभामुख अधिकारीले राजमोले दिएको सूचनाका आधारमा सांसद थापालाई पदमुक्त गरेका थिए । थापाको पुनर्वहालीसँगै गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना टरेपछि सभामुख भ्याकेटमा गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्