Logo
Logo

‘सभामुखसँग बैठक बोलाउने हैसियत छैन’


दृष्टि संवाददाता


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकबारे कुनै जानकारी नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले शुक्रबारका लागि बैठक बोलाएका छन् । तर, परामर्शका लागि बोलाएको बैठकबारे जानकारी नभएको बालुवाटारले जनाएको हो ।

सभामुख सापकोटाले मंगलबार संसदका प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुसँग छलफलका लागि पत्राचार गरेका छन् थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पार्टी कार्यालयमा पत्र पठाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयले त्यस्तो बैठकबारे जानकारी नभएको र अहिले प्रतिनिधिसभा नै भंग भएकाले सभामुखसँग त्यो हैसियत नभएको जनाएको छ ।
प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराईले बैठकबारे जानकारी नभएको बताएका छन् । उनले जानकारी भएपनि रप्रधानमन्त्री बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्