Logo
Logo

भारतमा लन्च भएको दुई वर्षपछि टिभिएसको एनटर्क नेपाली बजारमा


दृष्टि संवाददाता


काठमाडौं । टिभिएसले एक लाख युनिटको टिभिएस एनटर्क स्कुटर बिक्री सुरु गरेको छ । ब्लुटुथ जडित १२५ सीसी इन्जिनको उक्त स्कुटर सन् २०१८ मा भारतमा लन्च गरिएको थियो ।

एनटर्क १२५ नेपाली बजारमा बिक्री सुरु गरेको दुई वर्षमै प्राप्त भएको बताएको छ । कम्पनीका अनुसार नेपाली बजारमा एनटर्क १२५ तीन प्रकारका उपलब्ध छन् । रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसन रहेको बताइएको छ ।

रेगुलर एनटर्क १२५ (ड्रम) को मूल्य दुई लाख १८ हजार नौ सय रुपैयाँ रहेकोमा डिस्कको दुई लाख ४५ हजार नौ सय रुपैयाँ तोकेको छ ।
यस्तै, एनटर्क १२५ रेस एडिसनको मूल्य दुई लाख ६१ हजार नौ सय रुपैयाँ र एफआईको दुई लाख ७७ हजार नौ सय रुपैयाँ तोकेको छ। कम्पनीले एनटर्क सुपर स्क्वाड एडिसनको मूल्य भने दुई लाख ६६ हजार नौ सय रुपैयाँ रहेको छ ।

एनटर्क म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक ब्लू रङमा उपलब्ध रहेको जनाएको छ । स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिट बिक्रीको लक्ष्य हासिल गरेको भन्दै कम्पनीले खुसी व्यक्त गरेका छ ।

नेपालस्थित टिभिएसका निर्देशक एवं सीइओ श्री केएन राधाकृष्णनका अनुसार टिभिएसले एनटर्क मोडल दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आसियानका १९ देशहरुमा बिक्री गरिरहेको छ ।

स्कुटरमा १२४.७९ सीसीको एयर कुल्ड एसओएचसी इन्जिन रहेकाले यसले रेस्पेक्टिभ पावर प्रदान गर्ने कम्पनीले जनाएको छ। ९.२ एचपी र १०.५ न्युटन मिटरको टर्क आउटपुट स्कुटरले प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्