Logo
Logo

गृहमन्त्री बन्दै खगराज र नैनकला सञ्चार


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार सात जना मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दैछन् ।

यसअघि प्रधानमन्त्री ओलीले सात मन्त्रालयले आफैँले राखेका थिए । प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गर्ने तयारी छन् । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् ।

त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीको नाम तय भएको छ । रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओली आफैँले राखेका छन् ।

त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छन् । मन्त्रीहरुको आजै साँझ शपथ कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्