Logo
Logo

माओवादी कारबाहीमा परेकी ज्वालाकुमारी कृषिमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा खारेज भएसँगै केपी ओली खेमामा लागेकी ज्वालाकुमारी साह मन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी ओली शर्माले आज विस्तार गरेको मन्त्रिपरिषदमा उनलाई कृषि मन्त्रीको जिम्मा दिइएको छ ।

ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्वालाकुमारीसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए ।\

ज्वालाकुमारी साह तत्कालीन माओवादीबाट प्रदेश सभा–२ मा सांसद निर्वाचित भएकी थिइन् । बाराबाट सांसद निर्वाचित साह नेकपा हुँदा बाराकी सह–इन्चार्ज थिइन् । अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्