Logo
Logo
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार

यी हुन् नयाँ मन्त्री, आजै सपथ (सूचिसहित)


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नयाँ नियुक्त मन्त्रीहरुको सपथग्रहण आजै अपरान्ह ४ बजे हुने भएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले सात मन्त्रालयले आफैँले राखेका थिए । प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गरेका छन् । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् ।

त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र आशा विक, वनराज्यमन्त्रीमा नाम तय भएको छ । रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओली आफैँले राखेका छन् ।

१. नारदमुनी राना, वनमन्त्री
२. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. खगराज अधिकारी, गृहमन्त्री
४. नैनकला थापा, संचारमन्त्री
५. ज्वालाकुमारी साह, कृषिमन्त्री
६. . राजकिशोर यादव, उद्योगमन्त्री
७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
८. आशा विक, वनराज्यमन्त्री

प्रतिक्रिया दिनुहोस्