Logo
Logo

को हुन् नवनियुक्त सञ्चारमन्त्री नैनकला ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारमा नैनकला थापा सूचना तथा सञ्चारमन्त्री बनेकी छन् । प्रधानमन्त्री केपी ओली शर्माले बिहीबार विस्तार गरेको मन्त्रिपरिषदमा नैनकला थापालाई सूचना प्रवृधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

सञ्चारमन्त्री नैनकला थापा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’की पत्नी हुन् । केपी ओली वामगठवन्धनको प्रधानमन्त्री भएका बेला गृहमन्त्री बनेका बादल पार्टी एकता खारेज भएसँगै एमालेमा लागेका छन् । हालैमात्र वादल गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।

नवनियुक्त सञ्चारमन्त्री नैनकलाले २०४० सालमा बादलसँग विवाह गरेका हुन् । बाग्लुङकी नैनकला बादलसँग बिवाह हुँदा २१ वर्षकी थिइन् । तत्कालीन माओवादी १० वर्षे जनयुद्ध र त्यसपछि शान्ति प्रक्रियामा आएपछि नैनकला केही समय महिला आयोगको अध्यक्ष बनिन् ।

सञ्चारमन्त्री बनेकी नैनकला थापा पछिल्लो समय निष्क्रिय थिइन । २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद समेत भएकी थिइनन् ।

माओवादी नेताका सबै जीवनसाथी भूमिगत हुने नीतिअनुसार उनी २०५२ सालमा भूमिगत भएको माओवादी केन्द्रका एक नेताको भनाइ छ । उनका अनुसार नैनकलाजी भूमिगत हुनुभएकै हो । तर उनी पार्टीको सक्रिय पदमा कहिल्यै थिइनन् । केही समय शिक्षण पेशामा रहेकी नैनकला थापा २०६४ पछि महिला आयोगको प्रमुख बनेकी थिइन् ।

त्यतिखेर माओवादीमा नेताहरूमा सांस्कृतिक विचलन नआओस् भनेर नेताका श्रीमतीहरू पनि भूमिगत हुनैपर्ने पार्टीको नीति थियो । माओवादी युद्धमा हुँदा उनी महिला संघकी अध्यक्ष थिइन् । नैनकला पार्टीको कार्यकारिणी कमिटीमा भने एकपटक पनि पुगिनन् । उनी केन्द्रीय सल्लाहकार समितिको सदस्यसम्म बनेकी थिइन् । बादल र नैनकलाको एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्