Logo
Logo

नर्भिकले निशाको उपचार निःशुल्क गर्दै, अवस्था सुधारको अपेक्षा


दृष्टि संवाददाता


काडमाडौं । अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । सडक दुर्घटनामा परेर विगत झण्डै तीन वर्षदेखि ओछ्यानमा थला परेकी घिमिरेको निःशुल्क उपचार गर्ने भएको हो । अस्पतालले बिहीबारबाटै उपचार थालेको छ ।

अभिनेत्री निशाको बारेमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् । नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा पोष्ट गरेका थिए ।

उपचारमा संलग्न चिकित्सकले उनको अवस्था सुधार हुने अपेक्षा गरेका छन् । भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।
उनी अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि तीन वर्र्षअघि भारतको देहरादुन पुगेकी थिइन् । निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । हाल उनी शारीरिक अशक्तताका कारण एकदमै कमजोर भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्