Logo
Logo

जनमोर्चाका प्रदेश सांसद थापा पुनः पदमुक्त


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । बिहीबार हृवीप उल्लंघन गरेको भन्दै उनलाई पदमुक्त गरिएको जनमोर्चाले जनाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विश्वासको मत लिने प्रस्तावमा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो । तर, प्रदेशसभा सदस्य थापा तटस्थ बसेका थिए ।

जनमोर्चाले कारबाहीको जानकारी प्रदेशसभालाई गराएको छ । प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ । यसअघि थापालाई पार्टीको हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो ।

तर, थापाले वैशाख १२ मा जारी निर्देशन मतदानका लागि भएको र २७ जेठको मतदान, मुख्यमन्त्रीको राजीनामाका कारण हुन नसकेकाले नयाँ सरकार गठनको पक्षमा पुरानो हृवीप नलाग्ने दाबी गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । उनको रिटमा २३ जेठमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्