Logo
Logo

गण्डकीमा नयाँ सरकार गठनको गृहकार्य सुरु


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले गृहकार्य सुरू गरेको छ । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको बाटो खुलेको हो ।

वैकल्पिक नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल गर्ने भएका छन् । उनलाई माओवादी, जसपा र जनमोर्चाको समर्थन छ ।

स्वतन्त्र संसद राजिव गुरुङ (दीपक मनाङे)ले पनि उनलाई समर्थन गरेका छन् । बिहीबार नै गुरुङले पदबाट राजीनामा दिएर गठवन्धन लाग्ने घोषणा गरेका छन् ।

नयाँ सरकार गठनका लागि गण्डकी प्रदेशसभाको वैठक आज बस्दैछ । अहिले जनमोर्चाका दुई सांसद र मनाङे विपक्षी गठवन्धनमा खुलेका छन् ।

गण्डकीको मुख्यमन्त्रीमा सुनिश्चत भएका पोखरेल कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता हुन् । पोखरेल नवलपरासी पूर्व (क)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि राजनीतिमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्