Logo
Logo

सर्वदलीय बैठकमा गएनन् प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको बोलाएको सर्वदलीय बैठक नयाँ बानेश्वरमा सुरु भएको छ ।

बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेमकिपा नेता प्रेम सुवाल लगायतका नेता सहभागी सहभागी छन् ।

बैठकमा नेकपा एमालेका अध्यक्षि तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी छैनन् । यसअघि नै प्रधानमन्त्री ओलीको सचिवालयले बैठकमा जानकारी नहुने जनाएको थियो । बिहीबार सभामुखले बोलाएको बैठकबारे जानकारी नभएर र यदि जानकारीमा आएपनि प्रधानमन्त्री उपस्थित हुने स्पष्ट पारेको थियो ।

बैठकमा प्रतिनिधिसभा विघटनलगाययत पछिल्लो राजनीति घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्