Logo
Logo

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु


दृष्टि संवाददाता


धनुषा । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर एकै टोलका पाँच बालिकाको मृत्यु भएको छ । शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका–६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।
बालबालिकाको डुबेको खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको उनले बताए । पाँच ५ जना बालिकाको शव पोखरीबाट निकालेका र पोखरीमा अझै खोजी भइरहेको उनले बताए । बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । मृत्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको बताइएको छ । उनीहरुको नाम खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्