Logo
Logo

जमेको पानीमा डुबेर पाँच बालिकाको मृत्यु, गाउँ नै शोकमा


दृष्टि संवाददाता


धनुषा । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर एकै स्थानका पाँच बालिकाको मृत्यु भएको छ । शुक्रबार घरनजिकै खेतमा जमेको पानीमा नुहाउन गएका बेला उक्त गाउँपालिका–६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।

बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । मृत्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको बताइएको छ । मृत्यु हुनेहरूमा लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेकी छन् ।

दुई बालक हराइरहेको सूचना प्राप्त प्रहरीले जनाएको छ । प्रहरी घटनास्थल घटनास्थल पुगेका धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले केहीबेरमा मात्र विस्तृत विवरण आउने बताए ।

स्थानीय हुलास यादवको खेतमा खनिएको खाल्डोमा उनीहरू डुबेको बुझिएको छ । खाल्डो किन खनिएको थियो भन्ने विषयमा केही खुल्न सकेको छैन । एकैपटक ५ बालिकाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्