Logo
Logo
गण्डकी प्रदेश

सरकार गठनका लागि २४ घण्टे आह्वान


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० बमोजिमको नयाँ सरकार गठनको लागि २४ घण्टे आह्वान गरेकी छन् ।

मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ । नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ ।

विपक्षी गठबन्धले नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठनको तयारी गरेको छ । उनलाई नेकपा माओवादी, जसपा र जनमोर्चाको समर्थन छ । यस्तै, स्वतन्त्र संसद राजिव गुरुङ (दीपक मनाङे)ले पनि उनलाई समर्थन गरेका छन् । बिहीबार नै गुरुङले पदबाट राजीनामा दिएर गठवन्धन लाग्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्