Logo
Logo

गीतमा नेपाली स्वाभिमान, ‘यो शिर झुकेको छैन’ (भिडियो)


दृष्टि संवाददाता


काठमाडौं । नेपाली सांगीतिक बजारमा स्वाभिमानी नेपालीको कथा बोकेको एउटा गीत सार्वजनिक भएको छ ।

मध्यम परिवारको एउटा स्वाभिमानी युवा ‘आफ्नै देशमा कर्म गरेर कसैको अगाडि झुक्नु हुँदैन’ भन्ने भाव बोकेको ‘यो शिर झुकेको छैन’ बोल गीतको भिडियो सार्वजनिक भएको हो ।

चर्चित संगीतकार तथा गीतकार हरि लम्सालको संगीत तथा स्वरमा यो गीतलाई कपिल अन्जानले लेखेका हुन् । शक्ति पाख्रिनको निर्देशनमा शंकर पराजुली र आस्था बस्नेतले अभिनय गरेको यस म्युजिक भिडियोलाई मिलन तामाङले खिचेका हुन् ।

गीतको भिडियोमा गाउँले परिवेशमा नेपाली माटोको स्वाभिमानको कथालाई चित्रण गरिएको छ । १२ नोट्सले युट्युबमार्फत सार्वजनिक गरेको भिडियोलाई दर्शक तथा श्रोताले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्