Logo
Logo

३५ हजार घुससहित वन अधिकृत पक्राउ


- दृष्टि न्युज/संवाददाता



मोरङ , १५ चैत । डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट घुससहित पक्राउ परेका छन् ।
मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको दिपज्योति सामुदायिक वन उपभोक्ता समितिसँग ३५ हजार घुस लिँदै गर्दा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

????????????????????????????????????


लाटी झोडा साझेदारी वनसमेत हेर्ने जिम्मेवारी पाएका अन्सारीले काठ दाउरा काट्न सहमति दिने नाममा उपभोक्ता समितिबाट रकम मागेका थिए । पटक–पटक उपभोक्ता समितिलाई विभिन्न नाममा रकम लिने गरेको गुनासो आउने गरेको आधारमा अख्तियारको टोलीले पिछा गर्दै उनलाई डिभिजन वन कार्यालयबाटै ३५ हजारसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा आएको टोलीलाले उनलाई कार्यालयबाट नगदसहित पक्राउ गरेको हो । सुन्दर हरैचा नगरपालिका र केरावारी गाउँपालिका क्षेत्रमा पर्ने लाटीझोडा साझेदारी वनमा पछिल्लो समय रुख कटान व्यापक हुँदै आएको छ । उनलाई पक्राउ पछि कानुनी प्रक्रिया पूरा गरी काठमाण्डौ पठाइने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्