Logo
Logo

कुनैपनि कार्यमा अब भागबन्डा हुँदैन : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


विराटनगर, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै राजनीतिक पार्टीलाई प्रतिबन्ध नलगाएको बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा प्रधानमन्त्री ओलीले पत्रकारहरुसँग बोल्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथिको प्रतिबन्धका विषय यस्तो दाबी गरेका हुन् ।
प्रधामन्त्री ओलीले भने, ‘संवैधानिक पार्टी नभएकाले उसका अराजक गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो ।’
यस्तै, प्रधानमन्त्री ओलीले संवैधानिक निकायको नियुिक्तमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भागबन्डा खोजेको समेत बताए । प्रदेश १ मा आयोजित विभिन्न कार्यक्रममा भाग लिन आजै विराटनगर आइपुगेका प्रधानमन्त्री ओलीले मुलुकमा अब कुनैपनि कार्यमा भागबन्डा नहुने प्रष्ट पारे ।
‘औचित्य र गुण, दोषका आधारमा कसैलाई कुनै निकायको जिम्मेवारी दिन सकिन्छ,’ उनले भने, ‘तर, अब भागबन्डा हुँदैन ।’ मुलुक विकासको सकारात्मक बाटोमा अघि बढेको भन्दै चैतभित्र कानुन निर्माणको काम सकिने र त्यसपछि राज्यको सम्पूर्ण शक्ति विकासमा लगाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्