Logo
Logo

पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री बारा जाँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १८ चैत्र ।

प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला जाने भएका छन् ।

आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेका हुन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन झापामा रहनु भएका प्रधानमन्त्री ओली सोमबारका लागि निर्धारित कार्यक्रम स्थगित गरी बारा जान लाग्नुभएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत भद्रपुरबाट बारा जानुहुने अधिकारीले बताए । घटनास्थलको अवलोकनका साथै प्रधानमन्त्री ओलीले घाइतेको उद्धार र उपचारमा कुनै कमी हुन नदिन निर्देशन समेत दिएका छन।

प्रतिक्रिया दिनुहोस्