Logo
Logo

मिटर ब्याजको धन्दाले बिग्रिएकी कलाकार प्रज्ञा जोशी पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १८ चैत ।

निर्मात्री तथा कलाकार प्रज्ञा जोशीलाई प्रहरीले पक्राउ गरेको छ । ५० लाख ठगी गरेको आरोपमा उनलाई आइतबार इटहरीबाट प्रहरीले पक्राउ गरेको हो । एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन् । चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा मुद्धा परेको थियो ।


सोमवार उनलाई इटहरीबाट काठमाडौं ल्याईने प्रहरीले जनाएको छ । लामो समयदेखि उनी लुकिछिपी इटहरीमा बस्दै आएकी थिइन् । सुवर्णकुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । केही वर्ष अगाडिसम्म प्रज्ञा नेपाली फिल्ममा सक्रिय थिइन् ।

उनले केही फिल्म निर्माणसागै दर्जन बढी फिल्ममा अभिनय समेत गरेकी छन् । उनले ‘न बिर्सें तिमीलाई न पाएा तिमीलाई’, ‘नोटबुक’, ‘सम्झना’, ‘सपुत’ लगायतका चलचित्र निर्माण गरेकी छन् । उनले ‘कान्छी नानी’, ‘तिमी मात्र तिमी’ लगायतका चलचित्रमा अभिनय समेत गरेकी छन् ।
मिटर ब्याजको धन्दामा लागेपछि उनी आर्थिक समस्यामा परेको स्रोत बताउँछ । धेरै कलाकार र पत्रकारको पैसा समेत उनले तिर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्