Logo
Logo

एसईई परिक्षार्थीहरुलाई प्रहरीको पत्र


- दृष्टि न्युज/संवाददाता



झापा, १९ चैत ।
यो वर्षको एसईई परिक्षा सोमबार सकिएको छ । परिक्षा सकेर बिद्यालयबाट खुशी हुँदै निस्कैद गरको बिद्यार्थीलाई गेटमा रहेका प्रहरीले शुभकामना दिदै एउटा पत्र धमाए । जसमा स्कुलमा सिकेका भन्दा जीवनपयोगी कुराहरु उल्लेख थिए ।
प्रदेश नम्बर १ अन्र्तगतका १४ वटै जिल्लामा प्रहरीले एसईईका बिद्यार्थीलाई जनतेनामूकल पर्चा वितरण गरेको हो।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन भईरहेको सन्दर्भमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको निर्देशनमा त्यसरी पत्र दिइएको हो । यौनजन्य हिंसा, लागूऔषध, साईवर क्राईम लगायत ट्राफिक नियम सम्बन्धित विषयवस्तुहरु बारे जनचेतनामूलक पर्चा वितरण गरिएको झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले बताए । ‘यो उमेरका किशोर–किशोरी गलत बाटोमा लाग्न सक्ने भएकाले पर्चामार्फत उनीहरुलाई सचेत गराउन खोजेका हौं,’ मैनालीले भने ।
परिक्षाको समाप्ति संगै केहि समय फुर्सद हुने भएकोले गलत मनोवृत्ती र भावना भएका व्यक्तिहरुको संगत, उक्साहट र बहकावको कारण कुलत तथा बिसंगती तर्फ उन्मुख गराउन सक्ने सम्भावना तर्फ सचेत रहन र फुर्सदको समयलाई रचनात्मकता र सृजनशिलतामा व्यतित गर्ने तर्फ उत्प्रेरित गर्नको लागि उक्त कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

जस अन्तर्गत झापा जिल्लामा १६ हजार, ईलाममा ७ हजार, पाँचथरमा २ हजार ५ सय, ताप्लेजुङमा २ हजार ५ सय, मोरङमा ११ हजार ९ सय ५०, सुनसरीमा ८ हजार ७०, धनकुटामा २ हजार ८ सय, तेह्रथुममा १ हजार ९ सय, संखुवासभामा २ हजार ७ सय, भोजपुरमा ३ हजार ५ सय, उदयपुरमा ७ हजार ७ सय, खोटाङमा २ हजार, ओखलढुंगमा १ हजार र सोलुखुम्बु जिल्लामा ७ सय गरी १ नम्बर प्रदेश अन्तर्गतका १४ वटै जिल्लाहरुमा जम्मा ७० हजार ३ सय २० थान पर्चा एसईई परीक्षामा सहभागी विद्यार्थीहरुलाई बितरण गरिएको छ भने ६५ हजार भन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभांवित भएको डिआईजी रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्