काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटको प्रस्ताव गरेका छन् । गएराति ओलीले नेता नेपाललाई फोन गरेर आज भेट्न आग्रह गरेका थिए ।
तर, नेता नेपालले ओलीको प्रस्ताव अस्वीर गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकका निर्णयबारे सञ्चारकर्मीहरूलाई जानकारी दिने क्रममा उनले नेता नेपालले नमानेकै कारण दुई नेताबीच भेट हुन नसकेको बताए ।
नेपालले ओलीलाई तपाईंको फोन नउठाउँ भनेको तरपनि उठाएँ भनेर बताएको ओलीले बैठकमा सुनाएका थिए । ज्ञवालीका अनुसार ओलीले नेता नेपाललाई भेटेर पार्टी एकताको बिषयमा कुरा गरौँ भनरे टेलिफोनमै प्रस्ताव गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै ओलीले नेता नेपालसँग एकताको लागि तयार रहेको बताए । ‘हामी एकताका लागि तयार छौँ । तर विपक्षीसँग एकता गर्न खोजे,’ ओलीले बैठमा भने, ‘विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन खोजेर पार्टी कमजोर बनाउन खोजे एकता सम्भव छैन।’