Logo
Logo

२ हजार २९९ जनामा कोरोना पुष्टि, ३ हजार ४५१ जना संक्रमणमुक्त


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा ६ हजार ५६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३९१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा ९०८ जना संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ३४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै गत २४ घण्टाभित्र नेपालमा थप तीन हजार ४५१ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख तीन हजार ६०० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्