Logo
Logo
सर्वोच्च अदालतको आदेशपछि

माओवादीले पदमुक्त गराएका ५ उपप्रमुखकाे पुनर्वहाली


दृष्टि संवाददाता


काठमाडाैं । माओवादीले पठाएको कारवाही पत्र अनुसार निर्वाचन आयोगले पदमुक्त गराएका रौतहटको विभिन्न स्थानीय तहका जनप्रतिनिधिको पुनर्वहाली भएको छ । सर्वोच्च अदालतको आदेशसँगै स्थानीय तहका जनप्रतिनिधिले पुनर्वहाली पाएका हुन् ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्तिदेवी महतो, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकर जयसवाल र देवाही गोनाही नगरपालिकाका उपप्रमुख परनीयादेवी पटेललालई पुनर्वहाली गरेको हो ।

त्यस्तै यमुनामाइ गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साह र माधवनारायणपुर नगरपालिकाकी उपमेयर सिम साहलाई पनि निर्वाचन आयोगले पदमुक्त गरेकोमा अदालतले पुनर्वहाली गरेको छ ।

माओवादीले विभिन्न जिल्लाका १४ जनप्रतिनिधिलाई कारवाही गरी पदमुक्त गराएका थियो । उनीहरु सबै अदालतबाट पुनर्वहाली भएका छन् । माओवादीको कारवाहीका आधारमा निर्वाचन आयोगबाट पदमुक्त भएका रौतहटको विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको छ ।

प्रतिक्रिया दिनुहोस्