Logo
Logo

माओवादीद्वारा प्रदेश १ काे प्रदेशसभा पुनः अवरुद्ध


दृष्टि संवाददाता


माेरङ । प्रदेश १ को विपक्षी दल माओवादी केन्द्रले आइतबार तेस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले अवरुद्ध गर्दै आएको हो ।

उपसभामुख सरस्वती पोखरेलले सदन सुरु गर्ने बित्तिकै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले आ–आफ्ना सिटबाट उठेर सदन अवरुद्ध गरेका थिए । सदन अवरुद्ध गरेपछि उपसभामुख पोखरेलले सोमबार दिउँसो २ बजेसम्मका लागि सदन स्थगित गरेकी हुन् ।

आर्थिक वर्ष २०७८÷७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गत आइतबार आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै माओवादीले बैठक अवरुद्ध पार्दै आएको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले मन्त्री गुरुङले सदनमा आत्मालोचनासहित माफी माग्नुपर्ने र सदनको रेकर्डबाट उनको भनाइ हटाउनुपर्ने माग गरेका छन् । माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहनकुमार खड्काले विनियोजन विधेयकको भौतिक पूर्वाधार विषयको छलफलमा भाग लिँदै मन्त्री गुरुङलाई कमिसन खानेलगायतको आरोप लगाउँदै आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्