Logo
Logo

१० दिनभित्र आफ्ना नेता रिहा गर्न विप्लव समूहको माग


दृष्टि संवाददाता


काठमाडाैं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १० दिनभित्र आफ्ना नेता/ कार्यकर्तालाई रिहाई गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

आइतबार नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै सरकारसँग भएको तीन बुँदे सहमित कार्यान्वयन नभएकोमा असन्तुष्टी जनाउँदै कार्यकर्ता रिहा गर्न अल्टिमेटम दिएका हुन्।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भेटमा १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिए । विश्वकर्माले सरकारको तर्फबाट राजन भट्टराईलाई आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको पनि जानकारी दिए ।

उनले राजनीतिमा इमानदारिता सबैभन्दा ठुलो कुरा भएको भन्दै सहमति कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको पनि बताए । आफूहरुले शान्ति प्रक्रियालाई अघि बढाउने भनेर नै गत फागुनमा सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको भन्दै उनले आफूहरुको प्रश्न बन्दी रहेका नेता कार्यकर्ताको रिहाइ भएको बताए ।

प्रतिक्रिया दिनुहोस्