Logo
Logo

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधान च्यातियोः रामकुमारी झाँक्री


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुसारापात भएको आरोप लगाएकी छन् ।

आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा नेतृ झाँक्रीले आगामी दिनमा राष्ट्रपति र प्रधानमन्त्री बनाउँदा एक अर्काको शक्ति सन्तुलनको हिसाबले पनि बिचार गरिनुपर्ने बताइन् ।

अहिले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुसारापात भएको भन्दै उनले राज्यका निकायहरु बीचको जस्तै राष्ट्रपति र प्रधानमन्त्रीमा पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई विचार गरिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्