Logo
Logo

अमेरिकाले नेपाललाई झुक्यायो


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ विरुद्धको खोपको विषयमा नेपाली जनताले सरकारबाट पटक पटक झुटो आश्वासन पाए । बेलायतदेखि डेनमार्कसम्मबाट तत्काल खोप आउने भनेर आशा देखाइयो र निराशा बनाइयो । राष्ट्रपति बिद्यादेवी भण्डारीको पहलमा अमेरिकाबाट ५० लाख खोप आउने भनेर समेत बालुवाटारबाट झुटो प्रचार गरियो ।

त्यसपछि अमेरिकी राष्ट्रपति जाे वाइडेनले एसियाका विभिन्न देशलाई करिब ७० लाख डोज खोप दिने घोषणा गरे । त्यसले केही आशा जगायो । तर, त्यो घोषणा भएको पनि एक महिना बितिसकेको छ । अझै खोप कहिले आउने भन्ने टुंगो लाग्न सकेको छैन ।

३ जुनमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले समेत नेपाललाई खोप दिने घोषणा भनेर भिडियो नै राखे । एक महिनासम्म खोप नआएपछि झुक्याएको भन्दै राजदूत बेरीलाई सामाजिक सञ्जालमा सयौंले प्रश्न सोध्न थालेका छन् । अर्काेतर्फ अमेरिकाले अन्य देशलाई खोप सहयोग गर्न थालेपनि उसले नेपाललाई प्राथमिकता दिएको छैन । जबकी नेपाल कोरोनाबाट सर्वाधिक प्रभावित देशमध्ये एक हो । यसले नेपाललाई अमेरिकाले प्राथमिकता सूचीमा राखेको छैन भन्ने प्रष्ट भएको छ । बेलायतले दिने भनेको खोप पनि कहिले आउने अझै टुंगो लागेको छैन । उल्लेख्य रुपमा कोरोना संक्रमण पनि नघटेको र खोप पनि नआएको अवस्थामा नेपालमा संक्रमण झन् बढ्न सक्ने जोखिम देखिएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्