Logo
Logo

चुम्लुङ अमेरिकाले ‘सिसेक्पा तङ्नाम’ मनाउँदै


दृष्टि संवाददाता


न्युर्योक । अमेरिकामा बसोबास गर्ने लिम्बू समुदायले विभिन्न कार्यक्रम गरी सिसेक्पा तङ्नाम मनाउने भएका छन् ।

२४ जुलाईका दिन लङ आइसल्यान्डस्थित क्वीनस् ब्रिज पार्कमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिसेक्पा तङ्नाम मनाउने तयारी गरिएको किरात याक्थुङ चुम्लुङ अमेरिकाले जानकारी दिएको छ ।

तङनामको अवसरमा विभिन्न सांस्कृति तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिने बताइएको छ । केःलाङ, यालाङ, पकलुङ तथा डोरी तान्ने र बिंगो जस्ता कार्यक्रम राखिएको चुम्लुङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्