Logo
Logo

छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


- दृष्टि न्युज/संवाददाता


सांकेतिक तस्बिर

फिदिम, २० चैत । १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।
कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मङ्गलबार पक्राउ परेका हुन् । विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुव्र्यवहार गरेको पीडितले बयान दिएकी छन् ।
बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुव्र्यवहारको प्रयास गरेको पीडित आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्