Logo
Logo

गायिका अञ्जु पन्तमाथि गम्भीर आरोप, यस्तो छ वास्तविकता


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० चैत ।
नेपालमा सोसियल मिडिया अत्यन्त अमार्यादित हुँदै गएको छ । जसकारण कतिपय व्यक्तिहरु यसको मारमा पर्दै आएका छन् ।
जस्तो मंगलबारदेखि गायिका अञ्जु पन्त यस्तो मारमा परेकी छिन् । बारा र पर्साका हावाहुरी पीडितलाई बाइबल वितरण गरेको भनेर उनीविरुद्ध फेसबुक र ट्वीटरमा व्यापक प्रचार गरिएको छ । राहतका सामान र केही पुस्तक राखेको गाडीमा खिचेको फोटो शेयर गरी उनीमाथि गाली गलौच भइरहेको छ । कतिपय पत्रकारहरुले समेत सो फोटो शेयर गर्दै अञ्जुको आलोचना गरेका छन् । जसकारण उनी तनावमा छिन् ।


खासमा उनी त्यसरी बाइबल लिएर राहत दिन गएकी होइन् । त्यो फोटो उनी आफैंले गत डिसेम्बर ५ मा फेसबुकमा पोष्ट गरेकी थिइन् । तराईका स्कुलमा किताब र झोला बोकेर सहयोग गर्न जाँदा खिचेकी थिइन् । त्यही फोटो राखेर उनको चरित्रहत्या गर्ने काम भइरहेको छ ।
अञ्जु इसाई धर्म मान्दछिन् । नेपालको संविधानले कुनै पनि धर्म रोज्ने स्वतन्त्रता दिएको छ । त्यही आधारमा गायिका पन्तमाथि पटक पटक आलोचना हुने गरेको छ । नेपालमा केही विदेशी संस्थाहरु आर्थिक चलखेलका आधारमा इसाई धर्मको प्रचारमा संलग्न भएकाले पनि यस्तो आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्