Logo
Logo

संसारमा सवभन्दा वढी वायु प्रदुषण नेपालमा , नेपालको वायु प्रदुषणले ३० महिना चाँडै मर्ने


- दृष्टि न्युज/संवाददाता


नेपालमा विश्व मै सवभन्दा वढी वायु प्रदुषण रहेको चैत २० गते प्रकाशित एक रिपोर्टमा जनाइएकोछ । अमेरिका स्थित हेल्थ इफेक्ट इन्स्टीच्युटले प्रकाशित गरेको स्टेट अफ ग्लोवल एअर २०१९ शिर्षकको सो रिपोर्टमा उक्त कुरा जनाइएकोछ ।

सो रिपोर्ट अनुसार विश्वभरीमा सव भन्दा उच्चतम वायु प्रदुषण १०० युजी/एम३ नेपालमा रहेकोछ । जबकी वंगलादेशको ६१ र पाकिस्तानको ५८ युजी/एम३ रहेको सो रिपोर्टमा जनाइएकोछ । माल्दीभ्सकाे केवल ७दशमलव ८ युजी/एम३ रहेकाे छ ।

यस उच्चतम वायु प्रदुषणले नेपालमा अहिले जन्मने वालवालिकाहरु २ वर्ष ६ महिना चाँडै मर्ने हुन्छन्. भन्ने निश्कर्ष पनि सो रिपोर्टमा दिइएकोछ ।

यदि नेपाल सरकारले संयुक्त राष्ट्रसंघको गाइडलाइनहरु अनुसार वायु प्रदुषणलाई नियन्त्रण गरेको भए नेपालीहरुको औषत आयु ४ दशमलव ४ वर्षले थप हुने थियो भन्ने कुरा पनि सो रिपोर्टले जनाएकोछ ।

यस्तो गम्भीर वायु प्रदुषणको विषयमा वारम्वार आलोचना भैरहेपनि तथा रिपोर्टहरुमा चेतावनी दिइएपनि अहिले केन्द्र सरकार र प्रदेश तथा स्थानिय सरकारले वायु प्रदुषण नियन्त्रण गर्नेतफ खासै गम्भीर पाइला चालेको छैन ।

कामपाले केही वढार्ने मेशिन ल्याएको कुरालाई नै ठुलो काम भनि प्रचार गरेको छ । केही नभएको वेला त्यो पनि राम्रो काम हो तर त्यो भनेको हात्तीको मुखमा जीरा जस्तै हो भन्ने विषय सरकारले मनन गरेको छैन ।

सरकार अरुलाई गाली गर्न र छुच्चो वोली चलाउन मै व्यस्त छ ।

संसारमा सवभन्दा वढी वायु प्रदुषण हुने देश वनेको रिपोर्ट सार्वजनिक भएको विषय सरकारले थाहा नपाए जस्तै गरेर वसेकोछ ।

यसरी गैर जिम्मेदार हुदैमा सरकार पन्छिने स्थिति छैन । वायु प्रदुषणमा एक नम्वरमा आएको कारणले पर्यटन तथा स्वास्थ्य र अर्थतन्त्रका सबै तिर प्रभाव पार्दै लाने स्पष्ट छ ।

सरकारले समय मै यसतर्फ गम्भीर पाइला चालेन भने यसको दुष्परिणाम सरकारले पनि भोग्नै पर्ने हुन्छ । वायु प्रदुषणको आतंकले सरकारको स्वास्थ्यलाई पनि प्रभावित गर्ने हुन्छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्