Logo
Logo

बलिउड अभिनेत्री सुरेखाको निधन


दृष्टि संवाददाता


काठमाडौं । बलिउड अभिनेत्री सुरेखा सिकरीको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान हृदयघातबाट निधन भएको हो । बीबीसी हिन्दीले सुरेखाका म्यानेजरलाई उद्धृत गर्दै अभिनेत्री सिकरीको निधन भएको पुष्टि गरेका छन् ।

सुरेखा केही महिनादेखि बिरामी थिइन् । गत वर्ष उनलाई मस्तिष्कघात पनि भएको थियो । सुरेखाले सन् १९७८ मा ‘किस्सा कुर्सीका’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन् । उनले ‘तमस’(सन् १९८८), मम्मो (सन् १९९५) र ‘बधाई हो’(सन् २०१८) बाट सहायक अभिनेत्रीका लागि राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन् । समकालीन कलाकारझैं सुरेखा पनि रंगमञ्चबाट चलचित्रमा अभिनय गर्न पुगेकी थिइन् । ७०, ८० र ९० को दशकमा उनी निकै समानान्तर चलचित्रमा देखिएकी थिइन् ।

उनी अभिनित चलचित्र ‘किस्सा कुर्सीका’ सन् १९७८ मा इन्दिरा गान्धीमाथि बनाइएको थियो । अमृत नाहटाको निर्देशन रहेको उक्त चलचित्रमाथि सञ्जय गान्धीले संकटकालीन समय(१९७५–७७) मा प्रतिबन्ध लगाएका थिए ।

सुरेखाले ‘नसिम’(सन् १९९५) ‘सरदारी बेगम’(सन् १९९६), ‘हरिभरी’(सन् २०००), ‘जुबैदा’(सन् २००१)जस्ता समानान्तर चलचित्रमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्