Logo
Logo

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आफ्नो सरकारी निवास बालुवाटारमा राखेका छन् । शुक्रबार अपरान्ह ३ बजे बैठक सुरु भएको छ ।

बैठकमा पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी अतिरिक्त अन्य नेताहरु पनि सहभागी छन् । मंगलबार सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा कांग्रेस बैठक बसेको हो ।

बैठकमा पार्टीको १४औँ महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री देउवा आजैमात्र सरकारी निवास बालुवाटार सरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्