Logo
Logo

आउन थाले तीज गीत (भिडियोसहित)


दृष्टि संवाददाता


काठमाडौं । नेपाली नारीहरुको पर्व तीज आउन अझै झण्डै दुई महिना बाँकी छ । तर, बजारमा तीज सम्बन्धी गीतहरु सार्वजनिक गर्न थालिएको छ ।

यसैक्रममा गायक भुवन प्यासीले तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक गरेका छन् । लोक आधुनिक भाकामा सार्वजनिक गीत ‘मखमली’मा गायक प्यासीलाई गायिका एलिना चौहानले साथ दिएकी छन् । गीतमा शब्द शंकर अधिकारी घायलको रहेको छ ।

कोरोना महामारी र यसबाट जोगिनुपर्ने चेतनामूलक टुक्कासँगै माया प्रेमको विषयलाई तीज गीत मार्फत सार्वजनिक गरिएको छ ।वर्तमान परिवेश सुहाउँदो चेतनामूलक गीतलाई तीजको भाकामा निर्माण गरिएको गायक प्यासीको बताए । सुर संगीत स्टुडियोमा निर्माण गरिएको मखमली गीतको म्युजिक भिडियोमा सरिता दान्कुटी र देव महतोको अभिनय रहेको छ ।

चितवनमै छायाँकन गरिएको सार्वजनिक गीतको भिडियोमा निर्देशन शिव विकको रहेको छ । रबिन्द्र बरालको छायांकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्