प्रदेश-२ सरकारमा माओवादीका दुई मन्त्री « Drishti News – Nepalese News Portal
Logo

प्रदेश-२ सरकारमा माओवादीका दुई मन्त्री


दृष्टि संवाददाता


जनकपुरधाम । प्रदेश–२ सरकारमा नेकपा माओवादी केन्द्रले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाउने भएको छ । माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरेको जनता समाजवादी (जसपा)का उपेन्द्र यादव समूहले एक मन्त्री र एकजना राज्यमन्त्रीलाई राजीनामा गराएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र अर्का राज्यमन्त्री सरोज सिंहले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका छन् । उनीरुको स्थानमा माओवादीका भरत साह र सरोजको ठाउँमा रुबी कर्णको नियुक्ति पक्का भएको हो । राजीनामा दिन गएका मन्त्री यादवलाई मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गर्दै बिदाइ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्