Logo
Logo

समाचारवाली श्री पाण्डे ‘फूलकुमारी’ बनेपछि…(भिडियो)


दृष्टि संवाददाता


काठमाडौं । कान्तिपुर टिभीको समाचारवाचिका श्री पाण्डे ‘फूलकुमारी’ बनेकी छन् । डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर तथा संगीत रहेको गीत ‘फूलकुमारी’ गीतको भिडियोमा श्री पाण्डे र नायक पल शाहले अनस्क्रीन रोमान्स गरेका छन् । जुन भिडियो हालै सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा काठमाडौ उपत्यका आसपासका रमणीय ठाउँहरुलाई समेटिएको छ । उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन रहेको ‘फूलकुमारी’लाई ‘ट्वान्टीवान लभ’, ‘यु एन आई’जस्ता सफल सिरिजका निर्देशक सरिन पोखरेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्