Logo
Logo

हङकङमा जुवाको खालबाट पाँच नेपाली पक्राउ


दृष्टि संवाददाता


हङकङ । हङकङ प्रहरीले जुवाको खालबाट ५ जना नेपालीलाई पक्राउ गरेको छ । उनीहरुलाई जुवा खेलिरहेको भन्दै शुक्रबार साँझ ६ बजे १९९ टेम्पल स्ट्रीटबाट पक्राउ गरेको जनाइएको छ ।

समाचारमा जनाइएअनुसार पक्राउ पर्नेमा जुवा सञ्चालक २७ वर्षीय नेपाली पुरुष, ३१ देखि ५३ वर्ष उमेरका २ पुरुष र २ नेपाली महिला रहेका छन् । उनीहरुलाई हङकङको कानुनअनुसार कोरोना महामारीको बेला सामाजिक दूरीको नियम उलङ्घन गरेको, गैरकानुनी रुपमा जुवा खेलेको र सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुमाािथ प्रहरी हिरासतमा राखेर थप अनुसन्धान थालेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्