Logo
Logo

एक्लो हुनुको पीडा बल्ल थाहा भो : अमृता लिम्बू, गायिका


दृष्टि संवाददाता


गायिका तथा मोडल अमृता लिम्बूले सोच बदलेकी छन् । गायिका बन्ने उद्देश्यले पाँचथर रानीगाउँबाट काठमाडौं छिरेकी अमृता अब फिल्मको हिरोइन बन्ने सोचमा छिन् । ‘भनेजस्तो फिल्ममा अफर आए काम गर्ने सोच बनाएकी छु’ आफ्ने गीतमा मोडलिङ गर्दै आएकी अमृताले सुनाइन्, ‘एउटै क्षेत्रमा मात्र हात हालेर नहुने रै’छ ।’ सन् २०१४ देखि गीत संगीत क्षेत्रमा सक्रिय रहेकी अमृताका थुपै गीत श्रोताले रुचाएका छन् । माधुर्य स्वर र सुन्दर रुपका कारण अमृताप्रति उनका फ्यान लोभिन्छन् । प्रेम र विवाह जीवनमा एक पटक अनिवार्य हुनुपर्छ भन्ने अमृताको बुझाइ छ । गायन र अभिनयलाई एकसाथ डो¥याउँदै ग्ल्यामरस क्षेत्रमै करिअर बनाउने उद्देश्य बनाएकी अमृतासँग जम्काभेट :

तपाइँको गायनयात्रा कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

कोरोना संक्रमणको महामारी अगाडिसम्म राम्रै दौडिरहेको थियो । तर, संक्रमणका कारण एक वर्षयता सुस्ताएको छ । अहिले केही सामान्य अवस्था भएकाले पुनः रेकर्डिङहरु सुरु भएको छ । तर, स्टेज कार्यक्रमहरुको भएका छैनन् । त्यसैले अझैपनि सांगीतिक क्षेत्र चल्मलाउन सकेको छैन ।

गायन ‘करिअर’ सुरु गरेयता कति गीत गाउनुभयो ?

आधुनिक, लोक, फिल्म र भाषाभाषीका गरी डेढ सयभन्दा बढी गीत गाएकी छु । तर, गाएका गीत सबै श्रोताले रुचाउँछन् भन्ने हुँदैन । केही गीत गाएर थन्किएका छन् । मैले गाएकामध्ये केही श्रोता तथा दर्शकले रुचाएका छन् ।

मान्छेहरुले विवाह गर–गर भन्छन् । किन यसो भन्छन् भन्ने त्योबेला फिल भयो । विमारी भएर थलिँदा तातो पानीसमेत दिने मान्छे नहुँदा निकै पीडा हुनेरहेछ । विवाह गर्ने सोच बनाएरमात्र हुुँदैन । मन नपरेकाले मन पराउँछन्, मन पराएकाले मन पराउँदैनन् । अहिलेको समस्या भनेकै यही हो ।

तपाइँ गायनका आलवा मोडलिङ पनि गर्नुहुन्छ नि ?

मोडलिङ र अभिनय पनि मेरो रुचिका विषय हुन् । जतिखेर गायनमा लागेँ, त्यो बेलामा नै अभिनयमा रुचि थियो । तर, अहिलेसम्म व्यवासायी मोडलिङ गरेकी छैन । आफ्नो गीतमा मात्र मोडलिङ गर्दै आएकी छु ।

आफ्नै गीतमा मात्र मोडलिङ गर्नुको कारण ?

खास कारण केही छैन । मोडलिङका लागि अफर नआएको पनि होइन । रुचि भएर पनि मोडलिङका लागि धेरै प्रिपियर गर्नुपर्छ । शरीरिक तथा मानसिक रुपमा तयार भएरमात्र मोडलिङ र अभिनय गरौँ भनेर बसेकी हुँ ।

अहिले तत्काल फिल्मका लागि अफर आयो भने के गर्नुहुन्छ ?

गर्न सक्छु । केही समययता मोडलिङ र अभिनयका लागि प्रिपियर गर्दै आएकी छु । अझ कोरोनाका कारण सरकारले गरेको लकडाउनले घरमै बसेर फिजिकल्ली प्रिपियर गर्ने अवसर मिल्यो ।

तपाइँले गर्ने फिल्म कस्तो हुनुपर्छ ?

यस्तै हुनुपर्छ भनेर डिमाण्ड छैन । तर, कथावस्तु, व्यानर र टिम राम्रो हुनुपर्छ । टिकवर्क राम्रो भएन भने काम गरेको मज्जा आउँदैन ।

तपाइँलाई कतिपयले घमण्डी भन्छन्, यो साँचो हो ?

म घमण्डी छैन । जसले मलाई घमण्डी भन्छ, त्यो गलत हो । नचाहिँदो कुरामा जसलाई पनि रिस उठ्छ । विष विनाको सर्प र रिस विनाको मान्छे काम लाग्दैन भन्ने भनाइ नै छ, तर, यसो भन्दैमा नचाहिँदो कुरामा कोही रिसाउँदैन । यतिचाहिँ पक्का हो, म चुँजी छु । मलाई रिस उठ्दैन, उठिसकेपछि थामिनसक्नु उठ्छ ।

लकडाउनको कता बित्यो ?

पहिलो चरणको लकडाउन गाउँमा थिएँ । जब लकडाउन खुुल्यो, त्यसपछि काठमाडौं आएँ । तर यहाँ आउनेवित्तिकै फेरि लकडाउन भयो । म संक्रमित पनि भएँ । यसपालीको लकडाउन सास्तीका साथ वित्यो । मलाई यसैपटक एक्लो हुनुको पीडाबोध भयो ।

यदि विवाहित भएको भए त्यो पीडा हुन्नथियो कि ?

अवश्य पनि । मान्छेहरुले विवाह गर–गर भन्छन् । किन यसो भन्छन् भन्ने त्योबेला फिल भयो । विमारी भएर थलिँदा तातो पानीसमेत दिने मान्छे नहुँदा निकै पीडा हुनेरहेछ ।

त्यसो भए अव विवाह गर्ने सोचमा हुनुहुन्छ ?

विवाह गर्ने सोच बनाएरमात्र हुुँदैन । मन नपरेकाले मन पराउँछन्, मन पराएकाले मन पराउँदैनन् । अहिलेको समस्या भनेकै यही हो ।

प्रेम प्रस्तावहरु त आउँछ होला नि ?

मलाई पे्रमको अफर नआएको होइन । तिम्रो लागि मर्न पनि तयार छु भन्नेहरु पनि आए, तर म चुँजी छु । त्यसैले पनि संयोग नजुरेको हुनुपर्छ ।

आफ्नो जीवन साथी कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

आफूले भनेजस्तो केही हुन्न । भाग्यमा जुर्नुपर्छ । त्यसैले अहिले नै यस्तै हुनुपर्छ भनेर भन्न सक्दिनँ । हेरौँ भाग्यले विवाह पनि आफ्नै समुदायको केटासँग पो जुराउने हो कि ।

प्रतिक्रिया दिनुहोस्