Logo
Logo

ट्रम्पका सहयोगी थोमस जे ब्यरेक पक्राउ


दृष्टि संवाददाता


एजेन्सी । मेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका लामो समयदेखिका सहयोगी तथा अर्बपति थोमस जे ब्यरेक पक्राउ परेका छन्।

विदेशी सरकारको एजेन्टका रुपमा प्रस्तुत भएको अभियोगमा उनी लस एन्जलसबाट पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

७४ वर्षका लगानी फर्मका संस्थाक थोमसले ट्रम्पलाई सन् २०१६ को चुनावमा प्रमुख सल्लाहकारको रुपमा सहयोग गरेका थिए।

यस्तै उनी ट्रम्पको चुनावी अभियानका लागि आर्थिक सहयोग गर्ने तथा जुटाउने प्रमुख पात्रका रुपमा पनि लिइन्छ।

ट्रम्पको चुनावी अभियान र त्यसपछि संयुक्त अरब इमिरेड्सको तर्फबाट उनीहरुको हितको पक्षमा वकालत गरेको आरोप थोमसमाथि छ।

प्रतिक्रिया दिनुहोस्