काठमाडौं । प्रतिबन्ध फुकुवा भएपछि खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले र नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’बीच भेटवार्ता भएको छ ।

विप्लवसँगै पाटीको नेता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर नेता बादललाई भेट्न उनको निवासमा पुगेका हुन् । भेटमा पछिल्लो राजनीति घटनाबारे कुरा भएको बताइएको छ ।
विप्लवले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरिरहेका छन् । आजै विप्लवले जनाता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्त ठाकुरसँग पनि भेटवार्ता गरेका थिए ।
विप्लवले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, जसपाका संघिय अध्यक्ष डा बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्य लगायतका नेताहरुसँग भेटवार्ता गरेका छन् ।











