Logo
Logo

यादव र विप्लवबीच भेटघाट, तीन बुँदे सहमती कार्यान्वयनमा जोड


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव आज भेटघाट भएको छ । अघिल्लो हप्तादेखि विभिन्न पार्टीका अध्यक्ष एवं शीर्ष नेताहरुसँग भेटघाट गरिरहेका विप्लवले नेता खडगबहादुर विश्वकर्मासहित यादवलाई भेटन उनको निवास पुगेका हुन् ।

अध्यक्ष यादव र महासचिव विप्लव बीचमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बताईएको छ । शीर्ष नेताहरुसँगको भेटघाटका क्रममा विप्लवले सरकारसँग भएको तीन बुँदे सहमती कार्यान्वयन गराउँनमा सहयोग समेत माग्ने गरेको स्रोतको दावी छ ।

यसअघि विप्लवले प्रधानमन्त्री एवं काँग्रेस अध्यक्ष शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य, एमाले नेता रामबहादुर थापा ‘बादल’ लगायतसँग छुटाछुटै भेटघाट गर्दै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।

सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमती अनुसार विप्लवले आफ्ना नेता कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गरेर रिहा गर्नुपर्ने माग उठाउँदै आएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सम्झौता गरेर विप्लव नेतृत्वको नेकपा ‘भूमिगत’ गतिविधि त्यागेर ‘खुला’ राजनीतिमा आएको थियो ।

सरकारसँग तीन बुँदे सहमती भएपनि आफ्ना माग पूरा नहुँदै ओली सरकार ढलेको र देउवा सरकार बनेपछि महासचिव विप्लवले सहमती कार्यान्वयन हुनुपर्ने विषयमा भेटघाटलाई तिब्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्